सर्लाहीमा ठूलो झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

हरिवन । सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको विषयमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मेयर कटुवालको घरमा प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साह बतलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टीले आन्दोलन गर्दै आएका थिए ।

Published : Friday, 2024 January 5, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया