कपिलवस्तुमा बलेरो गाडी दुर्घटना, शेखको मृत्यु
काठमाडौं । कपिलवस्तु जिल्लामा बलेरो गाडी दुर्घटना हुँदा सह–चालक १५ वर्षीय शेख आषिफको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सह–चालक पर्साको वीरगंज महानगरपालिका–१६ नगवा बस्ने शेख आषिफको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ ।
Published : Friday, 2024 January 5, 5:12 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया