समाजसेवी खत्रीको संस्थाद्वारा गोरखामा ७ पालिकालाई ७ एम्बुलेन्स हस्तान्तरण
गोरखा । सम्भव नेपालले गोरखाका ७ वटा पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ ।
पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स र मेडिकल सामग्री सहयोग गरिएको संभव नेपालका संरक्षक प्रेमकुमार खत्रीले बताएका छन् ।
विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एम्बुलेन्सहरू पालिकाहरूलाई हस्तान्तरण गरेका छन् ।
पाण्डेले सामाजिक संस्थाले स्वास्थ्यका क्षेत्रमा गरेको साथ र सहयोग उल्लेख्य रहेको बताएका छन् ।
‘सरकारले स्वास्थ्य र शिक्षामा विशेष जोड दिएको छ । हाम्रा सहयोगीहरूलाई पनि यो क्षेत्रमा साथ र सहयोग गर्न आग्रह गर्दर्छौं’, उनले भने ।
‘सम्भव नेपालले सरकारको अभियानमा साथ दिएको छ’, मुख्यमन्त्री पाण्डेले भनेका छन् ।
एम्बुलेन्ससँगै अक्सिजन सिलिन्डर सेट, स्ट्रेचर, सर्जिकल मास्क, ब्ल्यांकेट, एडल्ट डाइपर, हस्पिटल बेड सेट, स्पाइनल बोर्ड, फुट स्टेयर्स सहयोग गरिएको छ ।
बेडसाइट स्क्रिनिङ, ट्रली, स्टील दराज, मेडिकल रेफ्रिजेरेटर आइएलआर, सिरानी तन्ना, डेलिभरी बेड, हस्पिटल बेडसाइड लकर, ह्वील चेयर, इलेक्ट्रिक हिटर र ग्लब्स सहयोग गरिएको अध्यक्ष खत्रीले बताए ।
एम्बुलेन्स खरिद र हस्तान्तरणसम्म २ करोड ६८ लाख लगानी भएको अध्यक्ष खत्रीले बताएका छन् ।
‘एम्बुलेन्सहरू सरकारले भन्सार छुट दिएको छ । नत्र यसको लागत निकै महंगो पर्थ्यो’, अध्यक्ष खत्रीले भनेका छन् ।
एम्बुलेन्स सञ्चालनका लागि ४ जना स्वास्थ्यकर्मी समेत सम्भव नेपालले सहयोग गरेको छ ।
संस्थाले यसअघि पनि ६ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।
खत्री समाजसेवीका साथै नेपाली कांग्रेसका नेता पनि हुन् । उनले पर्यटन व्यवसाय गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया