भारती विदेशमन्त्री जयशंकर काठमाडौं आउने, मन्त्री साउदद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयाेगकाे सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउन लागेका छन् ।
जयशंकर भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं आउनेछन् । उनी दुई दिन नेपाल बस्नेछन् ।
भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपियाँबाट बढाएर २० करोड रुपियाँ पुर्याउने सम्झौतामा पनि हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालले आफ्ना तर्फबाट अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति दिन भारत पक्षसँग प्रस्ताव राख्ने तयारी गरेको छ । नेपालले लामो समयदेखि महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई मार्गको माग गरिरहेको छ ।
परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आयोगको बैठकका एजेण्डाबारे छलफल गरेका छन् ।
बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकरसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीलगायत विदेश मन्त्रालयक अधिकारीहरू आउनेछन् ।
भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया