बालकुमारी घटना छनविन गर्न आयोग गठन, पौडेलले एक महिनाभित्र प्रतिवेदन बझाउने

काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । आयोगको सदस्यहरुमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् ।

सरकारले आयोगलाई एक महिनाको अधिकारी दिएको छ । आयोगले घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनाका सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गरी आयोगले प्रतिवेदन बुझाउनेछ ।

यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भइसकेको छ ।

शुक्रवार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

Published : Monday, 2024 January 1, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया