कमलादीमा कांग्रेसको विशेष कार्यक्रम, सभापति देउवाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले ‘४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ भव्य रुपमा मनाउन लागेको छ ।
कांग्रेसले सोमबार पुस १६ गते दिउँसो १ काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा भव्यताका साथ कार्यक्रम गर्न लागेको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता, जननायक वीपी कोइरालाले विक्रम संवत् २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर आएका थिए ।
नेपाली कांग्रेसले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” को रुपमा हरेक वर्ष मनाउदै आएको कुरा विदितै रहेको जनाएको छ ।
नेपाली कांग्रेसको आयोजनामा लोकतन्त्र प्राप्तिका लागि पटक–पटकका आन्दोलनमा योगदान गरेका तथा वृहत शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुको विशिष्ट आतिथ्यतामा कार्यक्रम हुनेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया