ओखलढुंगाकी लक्ष्मी र गजेन्द्रको दुर्घटनामा मृत्यु
काठमाडौं । काठमाडौं र ओखलढुंगामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.प्र.०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना पदैलयात्रीलाई सिभिल अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल माइतीघर लगिएको छ ।
उता, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ देउरालीस्थित सडकमा ना.५ त ८९२५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मोलुङ गाउँपालिका–२ बस्ने ५२ वर्षीय गजेन्द्र राईको घट्नास्थलमै शनिबार साँझ मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया