तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धि सिर्जना गर्नेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसले गुरुङ समुदायले विशेष रुपमा मनाउन तमु ल्होसारको शुभकामना दिएको छ ।

आइतबार सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेर तमु ल्होसारले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताएका छन् ।

उनले भने, ‘तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार”को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

सभापति देउवाले भने, ‘तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ ।’

‘यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ’, उनले भने, ‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।’

‘तमु ल्होसारले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस्’, देउवाले भने ।

‘यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः शुभकामना’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भनेका छन् ।
तमु ल्होसार पर्वको अवसरमार नेपाल सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ । गुरुङ समुदायले आफ्नो परम्परागत संस्कृतिअनुसार तमु ल्होसार पर्व मनाएका छन् ।

Published : Sunday, 2023 December 31, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया