दुई वर्षीया बालिका अपहरण गर्ने राज नेपाल पक्राउ
काठमाडौं । अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले ३७ वर्षीय राज नेपाललाई पक्राउ गरेको छ ।
दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट पानीटंकी बस्ने नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौंको गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मीनभवनबाट खटिएको प्रहरीले अपहरण कार्यमा संलग्न नेपाललाई पक्राउ गरेको हो ।
अपराध कार्यालयबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्दार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ ।
उनलाई थप अनुसन्धान एवम् कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया