कांग्रेस नेता खाण लामाे समयपछि केन्द्रीय समिति बैठकमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेकाे बैठकमा खाण सहभागी भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि वैशाख २७ गते पक्राउ परेका थिए । खाण मंसिर २९ धरौटीमा रिहा भएका थिए ।

नेता खाणले बिहीबारकाे बैठकमा बाेलेका छैनन् । उनी शुक्रबारको बैठकमा बाेल्छन् वा बाेल्दैनन् केही भािएकाे छैन ।

Published : Friday, 2023 December 29, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया