कांग्रेसमा मन्त्रीहरूकाे आलोचना, कार्य सम्पादन कमजोरभन्दै विराेध
काठमाडौं । नेपाली कांग्रेेेसमा सरकारकाे काम कारबाहीका विषयमा गम्भीर कुरा उठेको छ ।
बिहीबार ललितपुरको सानेपामा बसेकाे केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने नेताहरूले सरकारकाे काम सन्ताेषजनक नरहेको बताएका हुन् । उनीहरूले कांग्रेसका मन्त्रीले पनि जनताले राहत पाउने गरि काम गर्न नसकेको टिप्पणी गरेका छन् । सभापति शेरबहादुर देउवाले बैठकमा धारणा राख्न समय दिएका थिए । देउवाले सबै नेताहरूकाे धारण निकै ध्यान दिएर सुनेका थिए ।
केन्द्रीय सदस्य याेगेन्द्र चौधरीले बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विभिन्न एजेन्डा पेश गरेकाे बताए ।
नेताहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेकाे विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिको बैठक पुस १३ गते बिहान बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया