लुम्बिनीमा कांग्रेसबाट १२३ नेताको नाम चर्चामा, कसले पाउँछ टिकट ?
देउखुरी । नेपाली कांग्रेसबाट राष्ट्रियसभाको निर्वाचनमा लुम्बिनी प्रदेशबाट धेरैले आकांक्षा राखेका छन् ।
लुम्बिनीमा एक महिला र एक पुरुष गरी २ सिट छन् । कांग्रेसका तर्फबाट मात्र १२३ जना आकांक्षी देखिएका छन् ।
उम्मेदवारको आकांक्षीमा पूर्वमन्त्रीदेखि प्रतिनिधिसभा र प्रदेश सभामा पराजित, पटक–पटक अवसर पाएका समेत रहेका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले राष्ट्रियसभाका लागि जिल्लाबाट आएका उम्मेदवारको नाममा कैफियत खुलाएर सबै नाम सिफारिस गर्ने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।
पूर्वी रुकुमबाहेक प्रदेशका ११ वटै जिल्लाबाट सिफारिस भएर आएका १२३ जना उम्मेद्वारको नाम सबै केन्द्रमा सिफारिस गर्ने तर यसरी सिफारिस गर्दा कांग्रेसमा विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका, भूगोल, अवसर प्राप्त गरे नगरेको लगायतका कुराहरूको विस्तृत जानकारी कैफियतमा खुलाएर सिफारिस गर्ने निर्णय भएको छ ।
राष्ट्रिय सभाको टिकटका लागि गेहेन्द्र गिरी, विमला योगी, पुष्पा भुसाल लगायतको नाम चर्चामा छ । लुम्बिनी प्रदेशमा कांग्रेसको भागमा एउटा मात्रै सांसद पर्ने सम्भावना छ । एक पुरुषमा थारु नेतालाई उम्मेदवार बनाउने सम्भावना छ । महिलातर्फ जनमोर्चाकी नेतृ दुर्गा पौडेलको नाम चर्चामा छ । प्यूठानका डा.गोविन्द पोखरेलले पनि राष्ट्रिय सभामा टिकटको दाबी गरेका छन् । डा.पोखरेल गत निर्वाचनमा झण्डै एमालेमा प्रवेश गरेर दाङको क्षेत्र नं. १ बाट उम्मेदवार बन्न खोजेका थिए । एमालेका अध्यक्ष केपी ओलीले विश्वास नगरेपछि चानुमानु लागेर अन्तरघात गरेर बसेका थिए । कम्युनिस्ट पृष्ठभूमि भएका डा.पोखरेल कांग्रेसमा निकै पछि अवसरका लागि प्रवेश गरेका हुन् ।
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलहरू निर्वाचनको लागि उम्मेद्वारको सिफारिसमा जुटेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया