पर्यटन बोर्डमा मन्त्रालयका सचिव डा.काफ्लेलाई स्वागत

काठमाडौं । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दीपक काफ्लेलाई स्वागत गरेको छ ।

कोशी प्रदेश सचिवका रुपमा रहेका डा.काफ्ले केही दिन अघिमात्रै मन्त्रालयमा सरुवा भएर आएका छन् ।

बुधबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले डा.काफ्लेलाई स्वागत गरेका छन् ।

डा.काफ्लेले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गरेको छ । उनले प्रभावकारी रुपमा नेपालको बजारीकरण गर्नसके यसबाट प्रशस्त लाभ दिन सकिने बताएका छन् ।

उनले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफू सधै सकारात्मक रहेको बताएका छन् । पर्यटन प्रवर्द्धनका लागि नयाँ सोच र जागरकासाथ काम गर्न कर्मचारीहरूलाई डा.काफ्लेले निर्देशन दिएका छन् ।

बोर्डका बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको बताएका छन् । उनले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजीकरण तथा सरोकारवालाहरूबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

Published : Wednesday, 2023 December 27, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया