गंगालालका डाक्टर साइबर सेनाका नाइके, मेडिकल माफियासँग साँठगाँठ
काठमाडौं । मेडिकल माफियासँग मिलेर शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसबारीमा लुट मच्चाउँदै आएका डा.रामेश कोइरालाले सरकारी अस्पतालमा बसेर नेपाली कांग्रेसका नेताहरूको मानमर्दन गरेका छन् ।
केन्द्रको सर्जरी विभागका प्रमुख समेत रहेका डा.कोइरालाले मेडिकल माफियासँग मिलेर हालै स्वास्थ्य सामग्री मेडिकल माफियालाई खरिदका लागि आसय पत्र दिएका छन् । केन्द्रको कार्यकारी निर्देशक बन्ने दौडमा ५ करोड झोलामा बोकेर हिँडेका डा.कोइराला नेपाली कांग्रेसका महामन्त्री गगन थापाका सल्लाहकार हुन् ।
थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका बेला डा.कोइराला सल्लाहकार थिए । केन्द्रको कार्यकारी निर्देशक बन्न डा.कोइरालाले महामन्त्री थापालाई चाकडी गर्दै आएका छन् । मेडिकल माफियाँहरूसँग मिलोमतो गर्दै आका डा.कोइरालालाई केन्द्रको कार्यकारी निर्देशक नबनाउन कर्मचारीहरूले दवाव दिँदै आएका छन् ।
डा.कोइरालालाई महामन्त्री थापाको साइबर सेनाको नाइकेको आरोप लाग्ने गरेको छ । थापाको बचाउँमा डा.कोइरालाले ट्वीटरलाई निकै दुरुपयोग गर्दै आएका छन् । सरकारी अस्पतालको जागिर रहेका डा.कोइरालाले कांग्रेसका सभापति शेरबहादुर देउवाको कहिल्यै पनि समर्थनमा लेख्दैनन् । आलोचना गर्नुछ भने रचनात्मक आलोचना गर्न सकिन्छ । डा.कोइरालालाई महामन्त्री थापा र कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल प्रयोग गर्दै आएका छन् ।
पाँच करोड बोकेर हिँड्दा पनि केन्द्रको कार्यकारी निर्देशक बन्ने सबै बाटोहरू बन्द भएपछि कांग्रेसका केही नेताहरूविरुद्ध डा.कोइरालाले ट्वीटरमा जथाभावी लेखेका छन् । आफूलाई ‘थापा कांग्रेस’ भन्न रुचाउने डा.कोइरालाले स्वर्णिम वाग्ले र डा.गोविन्द पोखरेलको पक्षमा अभिव्यक्ति दिएका छन् । महामन्त्री थापा, डा.पोखरेल र वाग्लेको डिजाइनमा कांग्रेसको संस्थापन समूह निकटका नेताहरूविरुद्ध ट्वीटरमा लेखेका छन् । डा.कोइरालालाई प्रयोग गरेर डा.पोखरेल र महामन्त्री थापाको ग्याङले जथाभावी लेखाएको चर्चा छ ।
डा.कोइरालाले लेखेका छन्, ‘प्रकाश दाइको हिसाबले सुध्रिएको कांग्रेसले पहिलो साल वाग्ले र गोविन्दलाई निषेध गरेर रोज ल्यायो अनि मन्त्री बनायो । अब आउने साल व्यक्ति विशेष विधान संशोधन गरी उप–सभापति र महामन्त्रीमा महिला आरक्षण गर्दिन्छ र निरीह भाइहरूलाई टाटा वाइवाइ गराउँछ । त्यसपछि लास्टै प्योर कांग्रेस बन्छ ।’
केन्द्रको कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीसँग मिलेर डा.कोइरालाले मेडिकल माफियाहरूसँग मिलेर बिचौलियाको काम गरेका थिए ।
डा.अधिकारी र डा.कोइरालाको ग्याङले मेडिकल माफियाको आरोप लागेका यज्ञ भण्डारीसँगको मिलोमतोमा स्वास्थ्य सामग्री खरिदका लागि आसय पत्र जारी गरेका छन् ।

केन्द्रले मिति मंसिर २६ गते सूचना जारी गरेर स्वास्थ्य सामग्री खरिदका लागि अनुमति दिएका कम्पनीहरूको नाम सार्वजनिक गरेको छ । तीमध्ये अधिकांश कम्पनी सिन्धुपाल्चोक घर भएका यज्ञ भण्डारीका हुन् ।
स्वास्थ्य सामग्री खरिदका लागि थुप्रै व्यापारीहरूले ई–बिड गरेका थिए । तर, तजबिजका आधारमा डा.अधिकारी र डा.कोइरालाले धेरै कम्पनीहरूलाई फालिदिएका छन् । डा.अधिकारी र डा.कोइरालाको हर्कतविरुद्ध अन्य व्यापारीहरूले न्यायिक निकायमा उजुरी दिएका छन् ।
मेडिकल माफियाको आरोप लागेका यज्ञ भण्डारीले लामो समयदेखि केन्द्रमा एकलौटी रुपमा स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएका छन् । भण्डारीले किन र कसरी लामो समयदेखि एकलौटी रुपमा स्वास्थ्य सामग्री आपूर्ति गर्न सफल भए प्रश्न उठेको छ ।
केन्द्रको सूचनामा ल्याबलाईन ट्रेडर्स प्रालि (रञ्जन भण्डारी), दी मेडिकल सोलुसन प्रालि (विशाल पण्डित), हिमाल मेडिसर्भिस प्रालि (विजय भण्डारी/यज्ञ भण्डारीका कामदार), म्याक्स मेडिटेक सिस्टम प्रालि (विमल उप्रेती), सिन्धु सर्जिकल कन्सर्न प्रालि (यज्ञ भण्डारी) र सन मेडिकल कन्सर्न प्रालि (विनित तुलसीहन) मात्रै परेका छन् । यी कम्पनीहरूले भन्दा राम्रो, सस्तो र गुणस्तरीय स्वास्थ्य सामग्री आपूर्ति गर्ने क्षमता राख्ने कम्पनीहरूलाई कार्यकारी निर्देशक डा.अधिकारी र विभागका प्रमुख डा.कोइरालाले छिर्न दिएका छैनन् । स्वास्थ्य सामग्रीहरूको विषयमा अध्ययन नै नगरेर हचुवाको भरमा डा.अधिकारी र डा.कोइरालाले काइते तर्कसहित धेरै कम्पनीहरूलाई लात हानेर फालेका छन् । यज्ञ भण्डारी र विशाल पण्डितको मात्रै कम्पनी किन छनौट भए ? गम्भीर प्रश्न उठेको छ ।
नेकपा (एमाले) निकटका निर्देशक डा.अधिकारीको कार्यकाल पुस ८ गते सकिएको छ । घर जानुभन्दा अगाडि नै मेडिकल माफियाहरूसँग मिलेर डा.अधिकारी र डा.कोइरालाले स्वास्थ्य सामग्री खरिदमा सेटिङ गरेका छन् ।
मेडिकल माफियाले ५ देखि १५ प्रतिशतसम्म कमिशन दिने गरेको चर्चा छ । गरिव जनताको अस्पताल भनेर चिनिएको शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसबारीलाई कमिशन र भ्रष्टाचार गर्ने केन्द्र बनाउन नहुने आवाज उठ्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया