पूर्व डन समेत रहेका एमालेका चर्चित नेताले बृद्ध आमालाई दुःख दिए, कर्तुतले परिवार हैरान
काठमाडौं । एमालेका नेता रेशमबहादुर लामाले सम्पत्तिमाथि र्याल चुहाएर आफ्नी ८३ वर्षीया आमालाई झमेलामा पारेका छन् ।
पूर्वराज्यमन्त्री तथा एमालेका केन्द्रीय सदस्य लामाले आमा डोलकुमारी लामालाई तनाब दिएका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेका लामाले राजनीतिक पहुँच आफ्नी आमालाई देखाएर हैरान बनाएका छन् ।
डोलकुमारी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. १० दाप्चामा बस्दै आएकी छिन् । रेशम कान्छा छोरा हुन् ।
आमाको नाममा रहेको घर जग्गा रोक्का राख्न भन्दै रेशमले २०८० जेठ १० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा निवेदन दिएका छन् ।
रेशमको निवेदनमा आमाले घरसल्लाहमा नै नगरी मेरोसमेत हक लाग्ने घरजग्गा घरमा थाहा नै नदिई विगतमा पनि बेचबिखन गरिसकेको र अरु जग्गा पनि बेचबिखन गर्ने तरखरमा रहेको हुँदा बेचबिखन गर्नबाट रोक्का गरी पाउँ भनेर माग दाबी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बेचबिखन गर्न आएका बखत पक्षहरु बोलाइ छलफल गराइ सहमति (पारिवारिक) बमोजिम गर्ने र नमिलेमा वा सहमति नभएमा छलफलका लागि मालपोत कार्यालयमा निवेदन पठाउने तोक लगाएको छ ।
जिल्ला प्रशासनले सोही दिन मालपोत कार्यालय धुलिखेलमा पत्राचार गरेपछि डोलकुमारीको नाममा साविक दाप्चा छत्रेबाँझ गाविस वडा नं. २ मा रहेको जग्गा कारोबार गर्न नमिल्ने बनाइएको मात्रै छ । अनलाइन प्रणालीमा रोक्का भएको छैन ।
उजुरी, मुद्धामामिला गर्दा रेशमले परिवारमा सल्लाह गरेका छैनन् । रेशमले आमासँग अंशसमेत दाबी गरेका छैनन् ।
एमालेको शक्तिको आडमा पूर्वसांसद रेशमले एक्कासि सम्पत्ति र जग्गा रोक्का गर्न जिल्ला प्रशासनमा निवेदन दिएपछि आमा डोलकुमारी र अंशियार दाजुभाइहरु चकित परेका छन् ।
रेशमका बुबा ज्ञानबहादुर, आमा डोलकुमारी, छोराहरु कमलबहादुर, देवबहादुर र भक्तबहादुर, छोरी गुणकुमारी र प्रेमकुमारीले जिल्ला प्रशासन कार्यलयमा निवेदन दर्ता गराउन तयार गरेका छन् ।
आमातर्फको निवेदनमा ‘घरायसी व्यवहार परिवारको प्रेमले हामी सुखमय जीवन गुजारा गरी आएका थियौँ । सगोलमा रहेका छौँ’ भनिएको छ ।
‘हाम्रा जग्गा सम्पत्ति हाम्रा आमा बुबाकै नाममा रहेको र कुनै पनि सन्तानले हालसम्म अंशवण्डा गरौँ, अंश सम्पत्ति छुट्याइ पाउँ वा मेरो आमाले नराम्रो गर्नु होला कि भनी हालसम्म कुनै व्यहोरा नदेखाउनु भएकोमा अत्यन्त माया, सद्भाव, विश्वास गरिएको छोरा रेशमबहादुर लामालेसमेत कहिले कतै पनि अंशको विषयमा कुरा उठाएको वा माग गरेको परिवारको सदस्यहरु, नातागोताहरुमा कसैलाई थाहा जानकारी छैन’ भन्ने विषय आमा डोलकुमारीसहितका अंशियारको निवेदनमा उल्लेख छ ।
निवेदनमा रेशमको लामो समयदेखिको व्यक्तिगत, सामाजिक र राजनीतिक कारण तथा व्यवहारले उनीहरुको इज्जत प्रतिष्ठामा नै आघात हुने गरी घर सल्लाह बेगर जानकारी नदिइ अनेकन बहाना बनाएर निवेदन पेश गर्दैमा रोक्का हुन सक्ने कानूनी आधार र कारण नभएको भन्दै रेशमले मागेको बखत घर सल्लाहमा कानून बमोजिम पाउनुपर्ने अंश लिने दिने भन्ने व्यहोरो आमा डोलकुमारीसहितको निवेदनमा उल्लेख छ । आमा डोलकुमारीसहितका अंशियारको निवेदनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दर्ता गर्न नमानेको पीडितको गुनासो छ ।
रेशमले दिएको निवेदन खारेज गरी घरजग्गा फुकुवा गर्न रेशमका बाबु, आमा, दाजुभाइ र दिदीबहिनीले निवेदन तयार गरे पनि प्रशासनले शक्तिको आडमा दर्ता नै गरेको छैन ।
एमालेका नेता रेशमले आमा डोलकुमारी लामा समेतलाई प्रतिवादी बनाइ फिराद दर्ता गरिएको लिखत दर्ता बदर मुद्धामा २०८० कात्तिक २० गते काभ्रेपलाञ्चोक जिल्ला अदालतद्धारा २१ दिने सूचना म्याद जारी भएपछि जानकारी भई म्याद बुझिसकेपछि के कसो र छ ? भनी बुझ्दा मात्रै सबै घर जग्गा रोक्का रहेको जानकारी पाएका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नमोबुद्ध नगरपालिका वडा नं. १० का रेशमबहादुर लामाले प्रशासनमा निवेदन दिएपछि प्रशासनले सक्कल नै निवेदन पठाएर के भएको बुझ्न लगाएको तर, जग्गा रोक्का गर्न नभनेको बताएको छ ।
मालपोत कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले प्रशासन वा अन्य कुनै निकायको पत्रकै आधारमा जग्गा रोक्का नहुने र नभएको बताएका छन् ।
‘अदालतको आदेश वा कर्जा लिएको हकमा वित्तीय संस्थाको पत्रको आधारमा मात्रै जग्गा रोक्का हुन्छ, अन्यथा हुँदैन,’ कोइरालाले भने ।
‘पद, शक्तिका कारण रोक्का हुने भन्ने हैन, छलफलका लागि बोलाउने भनेर अर्को पक्ष नआउञ्जेल कारोबार नभएको हो’, कोइरालाले भने । मालपोत कार्यलयले प्रयोग गर्ने अनलाइन सफ्टवेयरमा जग्गा रोक्का देखिएको छैन ।
आमा डोलकुमारीले नेताको धम्कीका आधारमा व्यक्तिको जग्गा रोक्का गर्ने कार्य भएको भन्दै चिन्ता जनाएकी छिन् ।
आमा डोलकुमारीले भनिन्, ‘मैले जन्म दिएर देशमा नै बोल्न सक्ने नेता भएको छ, खान लाउन नपुग्ने पनि छैन, अशक्त पनि छैन, अंश मागेको पनि छैन ।’
‘मलाई नुनको ढिको पनि नदिने, अनि मैले अंश दिएन भनेर मुद्धा गर्न मिल्छ त ?’, रेशमकी आमा डोलकुमारीले भनेकी छिन् ।
आमालाई निकै तनाब दिएका पूर्वमन्त्री तगा एमालेका नेता रेशमले जिल्ला अदालतमा पनि आमा डोलकुमारीविरुद्ध मुद्धा दायर गरेर तारेखबाट हैरान बनाएको पीडितको गुनासो छ ।
एमालेका नेता रेशमसँग प्रक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । रेशमका निकै चर्चित काण्डहरु छन् । रेशम पूर्व डन पनि हुन् । उनका हर्कतबाट काभ्रेली जनता विगतमा निकै आजित भइसकेका छन् । रेशमको सत्तपत्तिका विषमया सम्पत्ति शुद्धीकरण विभागले निगरानी गरेको चर्चा छ ।
रेशम सार्वजनिक व्यक्ति हुन् । उनले सम्पत्तिकै कारण आफ्नी बृद्ध आमालाई दुःख दिएकोमा स्थानीयले पनि चिन्ता जनाएकाम छन् । रेशमको चरित्रलाई लिएर बेलाबेला काभ्रेमा निकै तरंग आउने गरेका छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया