प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, रमेश पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसंग संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा परामर्श गरेका छन् ।

आइतबार बिहान दाहालले बालुवाटारमा प्रधानमन्त्री दाहालले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीबीच भएकाे छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

उनीहरूका बीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको छ । सोमबार पुनः बैठक बस्ने सहमति भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।

Published : Sunday, 2023 December 24, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया