पूरै कीर्ते हर्कत गर्ने कार्की काठमाडौंमा पक्राउ

काठमाडौं । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा प्रहरीले ट्राभल्स संचालकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले विनोद कार्कीलाई पुसको ५ गते दिउँसो १ बजे काठमाडौंको बल्खुबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्कीले भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजातसहित राहदानी मिति २०८०।०६।१७ गते देखि हालसम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीले जनाएको छ ।

ती कागजातमध्ये २४६ कागजात नक्कली कक्षा १२ को सर्टिफिकेट, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट नक्कली देखिएकोमा उक्त कागजातहरु बनाउने व्यक्तिहरुको पहिचान गर्ने कार्य भएको प्रहरीले जनाएको छ ।

ती नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाईने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिव्यक्ति रु. १०,०००।– देखि १५,०००।– सम्म र अध्यागमनलाई प्रतिव्यक्ति रु. ४०,०००।– देखि रु. ५५,०००।– सम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएकोमा सेटिङमा संलग्न ट्राभल्स संचालक कार्कीलाई बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 December 24, 7:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया