बागमती कांग्रेसको सम्मेलन, अहँकारी शेखरलाई वरिष्ठ नेता नमान्ने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम प्रदेश सम्मेलन पुस ७ गते शनिबार काठमाडौंमा हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सभापति ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिबार काठमाडौंमा हुने बताए ।

सभापति बानियाँले सम्मेलनको पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताएका छन् ।

सभापति बानियाँले सम्मेलनमा नेताहरुको वरीयताका विषयमा विवाद नरहेको बताएका छन् । उनले वरीयताको चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयपुस्तिकाको आधारमा नेताहरुलाई व्यवस्थापन गरिने सभापति बानियाँले बताएका छन् ।

बागमती कांग्रेसले नेता शेखर कोइरालालाई वरिष्ठ नेताको मान्यता नदिने जनाएको छ । विधान र परम्पराअनुसार गर्ने बागमती कांग्रेसका सभापति बानियाँले जनाएपछि शेखर कोइरालालाई तनाब भएको छ ।

यसअघि लुम्बिनी कांग्रेस र गण्डकी कांग्रेसले शेखर कोइरालालाई वरिष्ठ नेताको मान्यता दिएको थियो । मधेश कांग्रेसले शेखरलाई वरिष्ठ नेताको मान्यता दिएको थिएन । बागमती कांग्रेसले पनि शेखरलाई वरिष्ठ नेता नमान्ने जनाएको छ ।

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

Published : Friday, 2023 December 22, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया