स्याङजा र पर्वतका दुई जना पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वतको कुश्मा नगरपालिका–१० घर भई सोही नगरपालिका–६ मा सुन व्यवसाय गरी बस्ने सरोज खाती र स्याङजाको आधिखोला गाउँपालिका–३ घर भई काठमाडौं चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरी केन्द्र संचालन गरी बस्ने ६१ वर्षीय भीमबहादुर विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये बैंकिङ कसूर मुद्दामा १० दिन कैद र २० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका सरोजलाई कास्की न्यूरोड र बैंकिङ कसूर मुद्दामा २३ दिन कैद र ८० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका भीमबहादुरलाई कास्की पामेपोखरीबाट पक्राउ गरेको छ ।
दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया