प्रजातन्त्रका लागि जुलुस निकाल्दा पत्रकार आउन मानेनन् : सभापति देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संचारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताएका छन् ।
बुधबार पोखरामा पूर्व सांसद एवं उद्योगी सूर्यबहादुर केसीको स्मृतिमा स्थापना गरिएको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण समारोहमा बोल्दै देउवाले खराब समाचार संचारमाध्यमका लागि राम्रो समाचार हुने बताएका हुन् ।
सभापति देउवाले भने, ‘पत्रकारको सम्बन्धमा एउटा भनाइ छ, ब्याड न्युज इज गुड न्युज फर मिडिया ।’
उनले भने, ‘मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र चल्छ बढी । त्यसकारण ब्याड न्युज इज गुड न्युज फर मिडिया भन्छ हेर्नुस् ।’
बेलायतमा पढ्न बस्दा आफूहरूले नेपालमा प्रजातन्त्रका लागि जुलुस निकाल्दा बिबिसीका पत्रकार आउन नमानेको सभापति देउवाले बताएका छन् ।
उनले भने, ‘एक पटक के भयो भने बेलायतमा पढ्दै थिएँ । नेपाल एम्बेसीमा जुलुस निकाल्छौं आइदेउ भनेर बिबिसीलाई भनेको थिएँ ।’
देउवाले भने, ‘बम पड्काउने भए मात्र आउँछु नत्र आउँदिनँ, कहाँ कहाँ जान साध्य हुन्छ भन्यो ।’
देउवाले नेपालमा अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्र पनि सुधारको दिशामा अघि बढेको बताएका छन् । ‘हाम्रो देशमा पत्रकारिता होस या अरू विकास, सुधारको दिशामा छ, अझ अगाडि बढाउनुछ’, उनले भने, ‘जिम्मेवार पत्रकारिताको धेरै अर्थ छ हेर्नुस् ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया