दाङमा सुनसहित दुई जना मानिस पक्राउ
घोराही । दाङमा प्रहरीले बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उप–महानगरपालिका–५ बीरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरू नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा तलसीपुर उप–महानगरपालिका–३ डाडाकुटी बस्ने २१ वर्षीय शेरबहादुर
बिश्वकर्मा र १९ वर्षीय रुपलाल बिश्वकर्मा रहेका छन् ।
तुलसीपुरको बजारमा केही व्यक्तिहरूले बिल कागजातहरू नभएका अवैध सुनका गरगहनाहरू बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औँठी २४ थान बरामद भएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँके पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया