बाराको ३ नं. पुलमा बस र ट्रक ठोक्किए, ३ यात्रुको मृत्यु, २७ जना घाइते
वीरगञ्ज । बारा जिल्लाको जितपुर–सिमरा उप–महानगरपालिका–२२ स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा ३ यात्रुको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक तनहुँको पिपरटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुरको हेटौँडा उप–महानगरपालिका–३ बस्ने ४० वर्षीय हरिशम्शेर सुयाल थापा र बसमा सवार हाल नाम,
थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २० जनाको कार्की मेडिकल अमलेखगञ्जमा र ७ जनाको हेटौंडा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

000
जिल्ला प्रहरी कार्यालय, बाराद्वारा जारी
प्रेश विज्ञप्ती
मिति २०८०/०९/०४ गते ।
“सवारी दुर्घटना सम्बन्धमा”
घटनाको छोटकरी विवरण:-मिति २०८०/०९/०४ गते अं. ०२:०० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२२मा रहेको३नं पुल स्थित काकडभिट्टा बाट काठमाण्डौ तर्फ जादै गरेको बा.३-००१ख २५८७ न.को बस र हेटौडाबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ७३०० न.को ट्रक एकआपसमा ठक्कर खाँदा बसमा सवार मानिसहरु घाइते भई उपचारको लागिनिम्न अस्पतालमा पठाईएको व्यहोरा जानकारीको लागी सूचित गरिन्छ ।
मृतकको विवरण:-
१. ट्रक चालक जिल्ला तनहुँ, पिपरटार बस्ने अ.बर्ष २८ को पुर्ण गुरूङको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको
२.बस चालक जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.०३ बस्ने अ.बर्ष ४० को हरि शम्सेर सुयाल थापाको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको
३.हाल सम्म नाम,थर वतन नखुलेको अ.बर्ष ३०\३५ बर्षको पुरूष ब्यक्तिको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको
निम्न घाईतेहरु
१.जिल्ला तन्हु बन्दिपुर गा.पा.०६ बस्ने अ.बर्ष १७ को तेज कुमार गुरूङको अनुहार र हातमा चोट, अवस्था मध्यम हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
२.जिल्ला सुन्सरी भाति गा.पा.०२ बस्ने अ.बर्ष ३० को खिलराज दुलालको अनुहार र खुट्टामा चोट अवस्था मध्यम रहेको हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको( पुरानो मेडक्ल चितवनमा रिफर गरेको)
३.जिल्ला सुन्सरी ईटहरी उ.म.न.पा ०४ बस्ने अ.बर्ष ४० को सुरेन्द्र गौतमको खुट्टामा चोट,अवस्था सामान्य रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
४.निजको श्रीमती अ.बर्ष ३५ की सम्झना गजुरेलको टाउको,अनुहार र छातिमा चोट, अवस्था गम्भिर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
५.निजको छोरी अ.बर्ष १२ की सोराय गौत्मको टाउको,अनुहार र छात्तीमा चोट अवस्था गम्भिर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको६.निजको छोरा अ.बर्ष ३ को सोडनेम गौत्मको टाउको,छात्ती खुट्टमा चोट अवस्था गम्भिर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको७. बसको सह-चालकजिल्ला झापा दमक बस्ने अ.बर्ष ३५\४० कोनगेन्द्र उपरेती टाउको,अनुहार र छात्तीचोट अवस्था गम्भिर रहेकोपुरानो मेडिक्ल क्लेज चितवनमा उपचार भई रहेको

कार्की मेडिक्ल अम्लेखगंज बारामा उपचार भईरहेको
१.देश भरत आन्नचल प्रदेश बस्ने अ.बर्ष ५२ को सिडिमायाको खुट्टामा चोट, अवस्था सामान्य
२.ऐ.ऐ.बस्ने अ.बर्ष ५२ की नामा एमसेको खुट्टामा चोट, अवस्था सामान्य
३.ऐ.ऐ.बस्ने अ.बर्ष ४२ की श्रीग धौगाको हातमा, सामान्य चोट
४.ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को पासाङ काण्डुको मुख र खुट्टामा चोट, अवस्था गम्भिर
५.जिल्ला ईलाम माईजुमा गा.पा.०५ बस्ने अ.बर्ष ३० को बिनोद तामाङको खुट्टमा सामान्य चोट
६.ऐ.ऐ. चुलाछुटी गा.पा.०५ बस्ने अ.बर्ष ३६ को बिर बाहादुर तामाङको मुख, नाक र खुट्टामा चोट, अवस्था मध्यम रहेको
७.जिल्ला सङखुवा साभा मा.बि न.पा.०९ बस्ने अ.बर्ष ३० को चन्द्र बहादुर तामाङ, खुट्टामा सामान्य चोट
८.ऐ.ऐ. बस्ने अ.बर्ष २४ को विर्ख बहादुर तामाङको टाउकोमा चोट, अवस्था मध्यम
९.जिल्ला ईलाम चुलाडुली गा.पा.०३ बस्ने अ.बर्ष ३६को मनोज कुमार लिम्बुको पेटमा सामान्य चोट
१०.ऐ.ऐ.बस्ने अ.बर्ष २० को प्रवेश पटेलको खुट्टामा सामान्य चोट
११.जिल्ल झापा कमल गा.पा.०५ बस्ने अ.बर्ष १९ की पुणम गुरङको खूट्टामा सामान्य चोट
१२.देश भरत कालेगुङ बस्ने अ.बर्ष २५ को छोमी लोप्चाको खुट्टामा सामान्य चोट
१३. निजको श्रीमान अ.बर्ष २९ को नामग्याल डोर्जेको खुट्टामा सामान्य चोट
१४.निजको छोरी अ.बर्ष २ की माया लोप्चाको खुट्टामा सामान्य
१५. जिल्ला झापा अर्जुन धारा गा.पा.११ बस्ने अ.बर्ष ४९ को हरी नारायण बिशवकर्माको खुट्टामा चोट
१६.जिल्ला सुन्सरी ईटहरी उ.म.न.पा.०६ बस्ने अ.बर्ष ५४ को अनिल कुमार थापाको हात र खुट्टामा सामान्य चोट
१७ जिल्ला झापा बारदसी गा.पा.०२ बस्ने अ.बर्ष ४२ को धन बहादुर लिम्बुको हात र खुट्टामा सामानय चोट
१८.ऐ.ऐ.कमल गा.पा.०६ बस्ने अ.बर्ष २० को नएन खनालको टाउकोमा चोट, मध्यम
१९. देश भरत आन्नचल प्रदेश बस्ने अ.बर्ष १९ को छिरीङ पालेदेनको खुट्टामा सामान्य चोट
२० जिल्ला उर्लाबारी बस्ने अ.बर्ष २१ को अमि श्रेष्ठको ढाडमा चोट अवस्था मध्यम
प्रवक्ता तथा सूचना अधिकारी
प्र.ना.उ.दधिराम न्यौपाने
जिल्ला प्रहरी कार्यालय बारा, कलैया
सम्पर्क नं. ९८५५०४५७६६
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया