ठूलो जनमत प्रदेश संरचनाको विरोधमा छ, विकल्प खोजौं : कांग्रेस नेता भण्डारी
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतभित्र संविधान खारेजीको सम्भावना रहेको दाबी गरेका छन् ।
मंगलबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले चैतसम्म मुलुकमा जे पनि हुन सक्ने बताए ।
उनले भने, ‘यो चैतभित्र संविधान खारेज हुन सक्छ । यदि मैले पाएको सूचना गलत छैन भने ।’
उनले प्रदेश संरचनाको विकल्प खोज्नु पर्ने बताएका छन् । नेता भण्डारीले भने, ‘ठूलो जनमत प्रदेश संरचनाको विरोधमा छ । प्रदेशको विकल्प खोज्नुपर्छ ।’
कांग्रेसलाई बलियो बनाउने हो भने अहिलेको निर्वाचन संरचना बदल्न आवश्यक रहेको उनले बताएका छन् ।
नेता भण्डारी हिन्दु धर्मको पक्षमा देखिएका छन् । बैद्धिक सनातन धर्मलाई कांग्रेसले बोक्नुपर्ने उनले बताएका छन् ।
‘शेरबहादुर दाइले यसको नेतृत्व गर्नुस्, तपाईं राजनेताको रुपमा स्थापित हुनुहुन्छ’, उन भने ।
पार्टी लथालिङ्ग भएको स्वीकार्दै भण्डारीले कांग्रेसलाई सहि दिसामा सम्हाल्न आवश्यक रहेको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया