अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको छ : सभापति देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको बताएका छन् ।
मंगलबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अरु पार्टीले कांग्रेसको आदर्श र सिद्धान्त मानेका कारण अहिलेको उपलब्धि सजिलै आएको बताए ।
‘कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्छ’, उनले भने, ‘हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरूले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’
सभापति देउवाले संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो भएको बताए । ‘संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो छ’, उनले भने, ‘त्यसैले धेरै पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । यो बाध्यता हो रहर होइन ।’
देउवाले पार्टीलाई एकताबद्ध बनाएर भरसक बहुमतकै पार्टी बनाउनुपर्ने बताएका छन् । उनले कांग्रेसलाई सुदृढीकरण गर्दै लैजानुपर्ने बताए ।
देउवाले भने, ‘जसरी भए पनि पार्टीलाई एक गराएर, आपसमा मेलमिलाप र एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतकै पार्टी बनाऔं । नभए पनि सबैभन्दा ठूलो पार्टी बनाउनका लागि हामी अहिलेदेखि नै लागौं, मलाई विश्वास छ भोलिका दिनमा हामी सफल हुनेछौं ।’
उनले जिल्ला र प्रदेश अधिवेशनले पार्टीमा उत्साह थपेको र आकर्षण थपेको बताएका छन् ।

‘कांग्रेसको स्थिति के हुन्छ, कस्तो हुन्छ भनेर स्वदेश र विदेशमा पनि चिन्ता भइरहेका छन्’, देउवाले भने, ‘पार्टीका सिद्धान्त र आदर्शमा हामी सम्झौता गर्न सक्दैनौं, अझै सुदृढीकरण गरेर लैजानुपर्छ ।’
सभापति देउवाले एकल बहुमत कसैको पनि नभएकोले मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । पार्टीभित्र रहेको घात तथा अन्तर्घातलाई अन्त्य गर्नुपर्ने उनले बताएका छन् ।
जसरी भए पनि पार्टीलाई एक बनाउनुपर्नेमा उनको जोड छ । आपसमा मेलमिलाप गराएर आपसमा एकता बनाएर भरसक बहुमतको पार्टी नभए सबभन्दा ठूलो पार्टी बनाउन देउवाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेसमा आकर्षण बढेकाले अरु पार्टी, मिडियासँग विदेशमा पनि पार्टी एक हुन्छ कि हुँदैन चिन्ता देखाइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेताहरू गोपालमान श्रेष्ठ, उप–सभापति धनराज गुरुङ, नेता डा.शशांक कोइराला, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, नेता शंकर भण्डारी, दीपक गिरी, प्रदीप पौडेल, वीरबहदाुर बलायर, शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, सह–महामन्त्री जीवन परियार, गण्डकी कांग्रेसका सभापति शुक्रबार शर्मा, पूर्वमन्त्री तथा मुस्ताङ कांग्रेसका सभापति रोमी गौचन थकाली लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया