ईयूको कालोसूचीबारे संसदीय समितिमा छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक उड्डयन युरोपेली युनियन (ईयू)को कालोसूचीमा दोहोरिएको विषयमा स्पष्टीकरण लिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल वायुसेवा निगमका पदाधिकारीहरूसँग कालोसूचीमा परेको विषयमा जानकारी माग गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निरन्तर निगममाथि लगाइएको आरोपको अस्वीकार गरेका छन् ।

‘नेवानिका कारण मात्र नेपाल कालोसूचीमा परेको भए नेपाल मुलुक कालोसूचीमा पर्ने थिएन, हाम्रो कम्पनीमात्र कालोसूचीमा हुने थियो’, अध्यक्ष अधिकारीले भने ।

समितिले पुस ५ गते नेवानिलाई ईयूले उठाएका विषय र यसको सम्बोधनका लागि गरिएका कार्ययोजनाबारे तयारीसहित आउन निर्देशन दिएको छ ।

निगमका पदाधिकारीले ईयूले कुल २५ वटा बुँदामा प्रश्न उठाएको र त्यसमध्ये केही सम्बोधन समेत गरिएको बताएका छन् ।

Published : Monday, 2023 December 18, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया