उपाध्यक्ष डा.लामासँग जापानी राजदूत किकुताद्वारा भेटवार्ता
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेटवार्ता गरेका छन् ।
सोमबार लुम्बिनीमा भएको भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवम् लुम्बिनी गुरुयोजनालगायतका विषयमा छलफल भएको डा.लामाको निजी सचिवालयले जनाएको छ ।
उपाध्यक्ष डा.लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै लुम्बिनीको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका छन् ।
सन् १९७८ मा जापानिज वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष डा.लामाले छलफल गरेका छन् ।
राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरूको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापान सदैव तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरू शान्ति, अहिंसाको मार्गमा रहेकाले आफूहरूका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदूतले बताएका छन् ।
दुई देशबीचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार–प्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको छ ।
राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरेको छ ।
सोमबार नै जर्मन राजदूतावासका डेपुटी हेड अफ मिसन डा.स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया