कांग्रेस नेता स्व.पंगेनीको नाममा स्मृति प्रतिष्ठान स्थापना
काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन नेता स्व.कमलप्रसाद पंगेनीको स्मृतिमा ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन भएको छ ।
संविधानसभाका सदस्य समेत रहेका पंगेनीको २०७५ साउन २० गते स्वर्गारोहण भएको थियो । पंगेनी नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन जिल्ला सभापति हुन् ।
पंगेनीको निधन भएको पाँच वर्षपछि प्रतिष्ठान गठन गरिएको छ । पंगेनीको प्रथम स्मृति दिवस २०७६ साउन २० गते नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गर्न निर्देशन दिए अनुसार प्रतिष्ठान गठन गरिएको छ ।
लीला पंगेनीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन भएको छ । प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आइतबार संस्था दर्ता भएको छ ।
स्व.पंगेनीको सालिक स्थापना गर्नेलगायतका सामाजिक गतिविधि हुनेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया