काठमाडौंमा खपडासहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिडिरेहको गोप्य सूचनाको आधारमा स्थायी घर दोलखा भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकवीर तामाङलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरूसहित चेकजाँच गर्ने क्रममा ४४ इन्च लम्बाइ, २१ इन्च चौडाइ रहेको खुट्टाको नङ्ग्रासहितको सालको खपडा र छाला जस्तो देखिने वस्तु बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 December 17, 9:48 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया