सभापति देउवा सोमबार बिदुर जाने, कांग्रेस सम्मेलनको उद्घाटन
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटको जिल्ला सम्मेलनको सभापति शेरबहादुर देउवा उद्घाटन गर्ने भएका छन् ।
सोमबार नुवाकोटको बिदुरमा रहेको पार्टी कार्यालयमा बिहान ११ बजे सभापति देउवाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको नुवाकोट कांग्रेसका सभापति रमेश महतले बताएका छन् । सम्मेलनको उद्घाटन गर्न सभापति देउवा सोमबार बिहान हेलिकप्टरबाट बिदुर जानेछन् ।
सम्मेलनलाई नेता शेखर कोइराला, अर्थमन्त्री समेत रहेका प्रवक्ता डा.प्रकाशशरण महत लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
सम्मेलनमा सह–महमन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, केन्द्रीय सदस्य डा.रामशरण महत, अर्जुन नरसिंह केसी, बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँलाई पनि बोलाइएको छ ।
सम्मेलनमा नुवाकोटका पूर्वसभापतिद्वय जगदीश्वर नरसिंह केसी, ध्रुबप्रसाद अधिकारी, उपसभापति राजु थापा, सचिव बैकुण्ठ मिश्रलगायतले पाहुनाहरूको स्वागत गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया