चितवनमा कांग्रेसबाट निर्वाचित वडा सदस्यको दुर्घटनामा मृत्यु
भरतपुर । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको छ ।
शनिबार साँझ माडी नगरपालिका–१ स्थित गर्दीमा भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
बा.प्र. ०३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताएका छन् ।
ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया