रवि लामिछानेका पूर्व पार्टनर र टोले गुण्डालाई पक्राउको तयारी, ग्याङका सदस्यहरूको भागभाग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका पूर्व व्यापारिक साझेदार जीबी भनिने गीतेन्द्रबहादुर राई करोडौं रुपियाँ ठगी गरेर फरार छन् ।
राईलाई पक्राउ गर्न प्रहरीले प्रयासहरू गरिरहेको छ । ठगी काण्डमा पक्राउ पर्ने भएपछि राई फरार छन् ।
पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीहरू भागेर विदेशमा लुकेर बसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
ठगी काण्डमा परेका राईसहितको समूहलाई नेपाल प्रहरीको हेडक्वाटरले ईन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरेर पक्राउ गरि ल्याउने तयारी गरेको छ ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । रम्तेल असोज २१ गते पुर्पक्षका लागि जेल चलान भएका छन् । मुख्य व्यक्ति जीबी राईसहितको समूह फरार छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । शुक्रबार जिल्ला अदालत कास्कीबाट पनि फरार १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
कास्की जिल्ला अदातलमा दर्ता भएको मुद्धामा सूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपियाँ हिनामिना गरेको उल्लख छ ।
उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शनबाट जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।
लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फरार छन् । महेन्द्र भोटे र आइस्मा तामाङ कास्कीको मादी गाउँपालिका–६ भाचोकका बासिन्दा हुन् ।
ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी गाउँपालिका–९ मिजुरेडाँडाका हुन् भने बाँकी सबै कास्की बाहिरका हुन् ।
राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिया राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि साढे ८ करोड रुपियाँ लगेको देखिएको छ ।
जीबी र महेन्द्र भोटेले पोखरामा रेस्टुरेन्ट, होटल, डिस्कोलगायतमा लगानी गरेका छन् । जीबी राई समूहले पोखराको सूर्यदर्शन सहकारीबाट नेटवर्किङ कम्पनीदेखि सञ्चार माध्यममा लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जीबी राई र रवि लामिछाने मिलेर ग्यालेक्सी फोर के टेलिभिजन चलाएका थिए । लामिछानेले राईलाई टिभीको जिम्मेवारी लगाएर पार्टी खोलेर राजनीति शुरु गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया