घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा प्यूठानका २ युवकको मृत्यु
घोराही । दाङको घोराही उप–महानगरपालिका–१० धारबैरा चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु भएको छ ।
रा.१ क १३०७ नम्बरको टिप्परले रा.२ प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षीय बिशाल जिसी र नौबहिनी गाउँपालिका–६ बस्ने १८ वर्षीय सागर केसीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिप्पर चालक रोल्पाको रुन्टीगढी – ९ बस्ने वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Saturday, 2023 December 16, 8:36 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया