पूर्वगृहमन्त्री खाणद्वारा पार्टी सभापति देउवासँग भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाणले भेट गरेका छन् ।

शनिबार बिहान सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर खाणले भेट गरेका हुन् । देउवाले खाणलाई न्यायालयबाट सत्यको जित हुने आशीर्वाद दिएका छन् ।

उच्च अदालत पाटनको आदेशमा पूर्वगृहमन्त्री खाण शुक्रबार धरौटीमा रिहा भएका हुन् । धरौटीमा रिहा भएको अर्को दिन खाणले पार्टी सभापति देउवासँग भेट गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाणलाई काठमाडौं जिल्ला अदाललते पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

उच्च अदालत पाटनको आदेशमा खाण करीव सात महिनापछि धरौटीमा रिहाइ भएका छन् ।

शनिबार बिहान कुपण्डाेलस्थित निवासमा नेता खाणले आफन्त, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक, जिल्लावासी लगायतसँग भेटवार्ता पनि गरेका छन् ।

Published : Saturday, 2023 December 16, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया