लुम्बिनीमा गुम्बा निर्माणमा उपाध्यक्ष डा. लामाको श्रमदान
लुम्बिनी । शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले गुम्बा निर्माण गर्न श्रमदान गरेका छन् ।
युनिभर्सल पिस सेक्रेसी द्वारा आयोजित गुम्बाको पुन:निर्माणको शिलान्यास समारोहमा सहभागी हुदै उपाध्यक्ष डा.लामा सहितको उपस्तिथिमा बौद्धधर्मगुरु, भक्तजन, समाजसेवी, व्यवसायी संघ रुपन्देहीका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको संयुक्त उपस्तिथिमा श्रमदान गरिएको हो ।
उक्त गुम्बाको शिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले गुम्बाहरुले लुम्बिनीप्रति अझै गहिरो आस्था महत्त्व र विश्वास सहित सुन्दरता बढाएको कारण यसको विकास संरक्षण र प्रवर्द्धन गर्नु लुम्बिनी विकास कोषको दायित्व रहेको बताएका हुन् ।

विश्व युद्ध र अशान्तिले आक्रान्त बन्दै गएको कुरा अवगत गराउदै उपाध्यक्ष डा.लामाले विश्वमा सबैले बुद्ध र बुद्ध दर्शनको अनुसरण गर्दै जानेको संख्या बढ्दै गएकाले शान्तिको श्रोतकोरुपमा लुम्बिनीलाई विकास गर्न विकास कोष प्रतिबद्ध रहेको बताएका छन् ।
लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बाहरु बनाइरहेका छन् । गुम्बाहरु पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् । लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने अमेरिका सरकार तथा दाताहरूको सहयोगमा बनाइने उक्त गुम्बा युनिभर्सल पिस सेक्रेसी फाउन्डेसनले निर्माण गर्ने छ। उक्त संस्थाका अध्यक्ष धर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया