कांग्रेसद्वारा क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा परिमार्जित गर्ने
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल बनाउने निर्णय गरेको छ ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको क्रियाशील सदस्यताको प्रमाणपत्र निकै झञ्झटिलो भएको भन्दै सुधारका लागि माग उठेको थियो ।
Published : Friday, 2023 December 15, 6:21 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया