पूर्वगृहमन्त्री खाणलाई उच्च अदालतले आंशिक न्याय दियो
काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालत, पाटन, ललितपुरका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराईले बताएका छन् ।
मंसिर १५ गते अरूका हकमा राय मिलेको थियो । खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि धरौटी खुलाइएको छ ।
पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयको राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश दिएका थिए । न्यायाधीश खरेलले थुनामै राख्न आदेश भएको थियो ।
खाणको विषय तेस्रो न्यायाधीशसमक्ष पेस भएको थियो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको छ ।
उच्च अदालतमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाणले दिएको निवेदन बिहीवार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया