बकैयामा सोमबहादुरको घरमा दुई नाल बन्दुक

हेटौँडा । मकवानपुर जिल्लामा अवैध भरूवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बकैया गाउँपालिका–११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोमबहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नालसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने बारुद, छर्रा बरामद गरेको छ ।

नेसुरले आफ्नो घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरीले घरको तलासी गरेको थियो ।

Published : Wednesday, 2023 December 13, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया