सहकारी विभागबाट विवाद नमराज तानिएपछि पिताम्बरलाई जिम्मेवारी
काठमाडौं । संघीय सहकारी विभागको रजिस्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् ।
यसअघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवासँगै पिताम्बरलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको हो ।
पिताम्बर यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए ।
पिताम्बरलाई मंसिर २५ गतेदेखि सहकारी विभागको रजिस्ट्रारको जिम्मेवारी दिइएको छ ।
नमराजलाई प्रधानमन्त्री तथा मन्त्रिपरषदको कार्यालयमा तानिएको छ । विभिन्न काण्डहरूमा मुछिएपछि नमराज विवादमा परेका थिए ।
एमालेको स्वार्थअनुसारको काम गरेर सेवाग्राही र समस्यामा रहेका सहकारीहरूलाई नमराजले दु:ख दिएको उजुरी मन्त्रालयमा परेको थियो । त्यसपछि नमराजलाई विभागबाट हटाएर प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।
Published : Tuesday, 2023 December 12, 5:32 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया