बर्दियामा वलीको जलेर मृत्यु, अर्घाखाँची र बाँकेमा आगलागी
गुलरिया । बर्दिया जिल्लामा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका–९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उता, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ सापडाँडा बस्ने ज्ञानबहादुर विकको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
यता, बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित कमलनाथ योगीको घरमा डेरा गरी बस्ने हीरालाल दमाईको कृष्टिना ईम्पोरियम एण्ड टेलरिङ सेन्टरमा बुधबार राति आगलागी भएको छ ।
आगो फैलिएर टेलरिङ सेन्टर रहेको पक्की घर र सोही घरमा रहेका अन्य ५ वटा पसलमा क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया