जाजरकोटमा ठूलो भूकम्प, ८६ जनाको मृत्यु, पश्चिम रुकुममा पनि क्षति
काठमाडौं । जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
जमीनको सतहबाट करिब १० देखि १२ किलोमिटरमुनि भूकम्पको केन्द्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।
जाजरकोटमा गएराति गएको भूकम्प आफैंमा परकम्प रहेको जनाइएको छ । अरु साना कैयौं परकम्पहरू पनि गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।
यसैबीच, जाजरकोट जिल्लामा भूकम्पबाट मृत्यु हुनेको संख्या ८६ पुगेको प्रहरीले जनाएकाे छ । एक सयभन्दा धेरै सर्वसाधारण घाइते भएका छन् ।
भूकम्पले जाजरकोटमा सबैभन्दा धेरै जनधनकोको क्षति पुर्याएको छ । दोस्रोमा पश्चिम रुकुम जिल्लामा भूकम्पले नोक्सानी गरेको छ । पश्चिम रुकुममा पनि मानिसहरूको मृत्यु भएको जनाइएको छ ।
उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरू जुटेका छन् । घाइतेको उपचारका लागि पहलहरू भइरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा बिहानै जान लागेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पनि प्रभावित जिल्लाहरूमा आफै गएर स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेका छन् ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य राजीवबिक्रम शाही पनि जाजरकोट जिल्लाका जनताको उद्धारमा आफै खटिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया