क्रिकेटले नेपालको मान र शान सगरमाथा जस्तै उच्च भयो : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् ।

शुक्रबार खतिवडाले सामाजिक सञ्जालमार्फत बधाइ दिएका हुन् । उनले भने, ‘नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप २०२४ मा आफ्नो स्थान सुरक्षित गर्दै हामीलाई गौरवान्वित बनाएको छ । सम्पूर्ण टिमलाई बधाई छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सभपाति खतिवडाले भने, ‘नेपाल र नेपालीको मान र सान सगरमाथा जस्तै उच्च भएको छ ।’

शुक्रबार कीर्तिपुरमा भएको प्रतिस्पर्धामा नेपालसँग यूएई ८ विकेटले पराजित भएको छ ।

ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको छ ।

Published : Friday, 2023 November 3, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया