कांग्रेससामु एमालेले तोरीको फूल देख्यो, देउवाले फेरि ओलीको ढोक्साको हावा खुस्काइदिए
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का एक/एक जनालाई मन्त्री बनाएका छन् ।
शुक्रबार विराटनगरमा कार्कीले माओवादीका प्रदेश सभा सदस्य गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा सदस्य कमल जबेगुलाई मन्त्री बनाएका हुन् । कोशीमा गठबन्धनका दुई मन्त्रीले शपथ लिएसँगै राजनीतिले लय लिएको छ ।
उप्रेती र जबेगुलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरू बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन् । उनीहरूलाई पछि मन्त्रालय दिइनेछ ।
कार्कीको मन्त्रिमण्डलमा एमालेका रामबहादुर राना पनि मन्त्री छन् । एमालेले माओवादीसहितको गठबन्धनलाई कोशीको सरकारमा सहभागी गराएमा सरकार छाड्ने चेतावनी दिएको छ ।
गठबन्धनले माओवादीका ईन्द्र आङबोलाई अघि सारेको थियो । कांग्रेस नेता शेखर कोइराला पक्षका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

कार्कीलाई एमालेका ३९ सांसदले विश्वासको मत दिएका छन् । गठबन्धनका कांग्रेससँगै माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले पनि कार्कीलाई विश्वासको मत दिएका छन् ।
कोशीमा कांग्रेस–माओवादीसहितका दलको गठबन्धन भत्काउने रणनीतिमा एमालेले कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा साथ दिएको थियो ।
एमालेले कार्कीलाई साथ दिए पनि उसको भित्री रणनीति कोशी प्रदेशमा मध्यावधी निर्वाचन नहोस् भन्ने चाहना छ । किन भने कोशीमा एमालेका ३९ प्रदेश सभा सदस्य छन् । मध्यावधी भयो भने एमालेको अहिलेको जस्तो ३९ सिट आउने सम्भावना छैन ।
एमालेले कोशीलाई देखाएर केन्द्रमा पनि गठबन्धन भत्काउन सकिन्छ कि भन्ने ठानेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै जबरजस्त साथ दिएपछि एमालेका अध्यक्ष केपी ओलीलाई झट्का लागेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया