कुटाकुट गर्ने दुई पाइलटबीच सहमति, विमानस्थलका थापालाई निलम्बन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रामेछापमा तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच मिलापपत्र भएको छ ।
शुक्रबार मन्थलीमा साह र श्रेष्ठबीच प्रहरी समक्ष मिलापत्र भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताएका छन् । क्याप्टेन श्रेष्ठले वरिष्ठ क्याप्टेन साहलाई नियतवस नलडाएको भन्दै माफी मागेका छन् । श्रेष्ठले माफी मागेपछि वरिष्ठ क्याप्टेन साहले क्षमा दिएका छन् ।
शुक्रबार बिहान लुक्ला उडान गरी रामेछाप विमानस्थलमा अवतरण गरेका क्याप्टेन साहलाई हात मिलाउने क्रममा श्रेष्ठले धकेलेर विमानस्थलको पार्किङमा लडाइदिएका थिए । श्रेष्ठले घटनापछि यात्रुसहितको जहाज लिएर लुक्ला उडेका थिए ।
यता, झगडामा संलग्न क्याप्टेन श्रेष्ठलाई यात्रु हालेर जहाज उडान गर्न अनुमति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणले क्याप्टनद्वय श्रेष्ठ र साहलाई पनि ग्राउण्डेड गरेर कारबाही गरेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख थापालाई निलम्बन गरेको प्राधिकरणले जनाएको छ । कार्यालय प्रमुख थापाले झगडा भइसकेपछि पनि क्याप्टेन श्रेष्ठलाई रामेछाप–लुक्लाको उडान गर्ने अनुमति दिएका थिए ।
तनावमा रहेका पाइलटलाई उडान भर्ने अनुमति दिएपछि प्राधिकरणले थापालाई निलम्बन गरेको हो । व्यक्तिगत रिसिबीका कारण श्रेष्ठ र साहबीच कुटाकुट भएको हुनसक्ने बताइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया