चिरीबाबु निकै संस्कारी छन्, बालेन जी !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको निकै अपमान गरेका छन् ।
नाती पुस्ताका बालेनले चिरीबाबुको महत्व र योगदानलाई अपमान गरेका छन् । चिरीबाबु पुरानो पुस्ताका मेयर भए पनि सोँच भने बालेनको भन्दा निकै उच्च र संस्कारी छ ।
घरपरिवार, समाज, राजनीति वा हरेक ठाउँमा सबैभन्दा ठूलो कुरा संस्कार हुन्छ । चिरीबाबुमा संस्कार छ । बालेनले सबैभन्दा पहिला संस्कार सिक्नुपर्छ ।
चिरीबाबुहरू यो समाजमा छन् । राजनीतिमा छन् । चिरीबाबुले ललितपुर महानगरपालिकामा दुई पटक मेयर पदमा जित हासिल गरेका छन् । चिरीबाबुले त्यत्तिकै मेयर पदमा जितेका होइनन् । उनले संस्कार र संस्कृतिभित्र रहेर जनताको सेवा गरेरै जनप्रतिनिधि बनेका हुन् ।
बालेनलाई काठमाडौंका जनताले जिताएर कुनै अपराध गरेका छैनन् । बरु बालेनले जनताको त्यो अपार मायालाई सेवा गरेर संस्कार सिक्नुपर्छ । सबैभन्दा पहिला बालेनले संस्कार सिक्नुपर्छ । बोल्ने शैली सिक्नुपर्छ । मुखमा जे आउँछ त्यो शैलीमा बोल्ने र लेख्ने होइन । बालेनले आफ्नो औकात पनि हेर्नुपर्छ ।
चिरीबाबुलाई राजा वीरेन्द्रले दरबारमा बोलाएर सल्लाह सुझाव लिन्थे । चिरीबाबु धेरै पटक मेयर बनेका छन् । तर, आजको मितिसम्म कसैलाई घोँचपेँच गरेर बोलेको सुनिएको पनि छैन ।
यस्तो पाको पुरानो आफ्नो बाउ समानको मान्छे सम्मानित व्यक्तिलाई हप्कीदप्की गर्ने बालेन ‘पातलो साह’को हैसियत के हो ? भनेर लेखक दिलनिशानी मगरले प्रश्न गरेका छन् ।
मेयर होलान् । तर, त्यो नाथे मेयर केही ठूलो कुरा हैन । चुनाव जितेर ठूलो भएको हो भने माहत्मा गान्धी चुनाव जितेर ठूलो भएका हैनन् ।
नगरपालिकालाई विदेशी आउने पैसा चिरीबाबुले ल्याएको हैन, सरकारले ल्याएको हो । आफूले रिसको झोँकमा वितण्डा गर्ने अनि ड्यामेज कन्ट्रोल गर्न षड्यन्त्र मिसिएको काल्पनिक वक्तव्यबाजी गर्ने ? भनेर मगरले प्रश्न गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया