लमहीमा पुनको शव भेटियो

लमही । दाङको लमहीमा ४५ वर्षीय बासुदेव पुन मृत अवस्थामा फेला परेका छन् ।

लमही नगरपालिका–६ देउपुरस्थित स्वर्गद्धारी टोल सडक छेउमा सोही नगरपालिका–५ रातोडाडा बस्ने पुन बिहीबार मृत अवस्था फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुनको मृत्यु भएको विषयमा दाङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पुनको मृत्युको कारण खुल्न सकेको छैन ।

Published : Thursday, 2023 November 2, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया