एघार सीडीओसहित चालीस उप–सचिवहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ४० उप–सचिवहरूको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सीडीओ फेरिएका छन् ।

विश्वमित्र कुईंकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालीकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सीडीओमा खटाइएको छ ।

मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हीरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई सीडीओको जिम्मेवारी दिइएको छ ।

Published : Thursday, 2023 November 2, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया