रिगलको कैद सजाय खारेज, पक्राउ गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई बाँकी कैद सजाय मिनाह गर्ने निर्णय बदर गरिदिएको छ ।

बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो । सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न आदेश पनि दिएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय अपराध पीडितको हक प्रतिकुल देखिएको भनेको छ ।

Published : Thursday, 2023 November 2, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया