सचिव पदमा अर्याल र पुडासैनीको बढुवा

काठमाडौं । सह–सचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सरकारले सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

लोकसेवा आयोगको सचिव बढुवा सिफारिस समितिले सह–सचिवद्वय अर्याल र पुडासैनीलाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी कामु प्रमुख सचिव छिन् ।

इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो ।

निजामती सेवाका सचिवद्वय डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।

Published : Thursday, 2023 November 2, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया