रुपन्देहीका चौधरी चितवनमा पैसासहित पक्राउ

काठमाडौं । प्रहरीले चितवन र स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका–१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपियाँसहित रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ बस्ने ३३ वर्षीय विजय दंगोङरिया चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको छ ।

सिरहाको सखुवानान्कारकट्टि गाउँपालिका–५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपियाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि–११ बस्ने २९ वर्षीय सन्तोषकुमार महतोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 November 1, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया