काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा प्रहरी छापा, मान्छेहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका–२ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपियाँ र ७ बुक ताससहित पक्राउ गरेको छ ।
ललितपुरको गोदावारी नगरपालिका–१० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया